Ticker

6/recent/ticker-posts

पुरानो सदरमुकाम पुरानै शैली र पुरानै ढाचा हाम्रो संखुवासभा

पुरानो सदरमुकाम पुरानै शैली र पुरानै ढाचा हाम्रो संखुवासभा 


सबै भन्दा पुरानो सदरमुकाम खान्दबारी भएकोले यहाँका कुनै पनि संरचना,भौगोलिक बस्तु स्थित पुरानै ढाचामा राखी पहिचान जोगाउने निर्णय रहेको देखिन्छ।स्कुल-कलेजमा अनिवार्य ढाका टोपी।१६ वर्ष भयो सडक बाटो जस्ताको तस्तै धुलाम्मे,हिलाम्मे।परदेश बाट हिउँदमा घर आउँदा गाडी भित्र धुलोले पुरै शरीर फुस्रो।घर पुगि परिवार कहाँ म फलानो हु भनेर परिचय दिनु पर्छ।बर्खामा बिदा बाट घर आउनु हिलै हिलो घर पुगिन्छ कि?पुगिन्न घच्याक र घुचुक चिप्लो सोही कठिन बाटो अंग नै सिरिङ मुटुले हाङ्सा छोड्छ।बाटो नजिकैको घर भित्र भान्छामा खाना तयार हुने बेलामा धुलाई धुलो हुने पीडितको गुनासो छ।बाटो हिड्ने बटुवा पनि गाडी आउने बेलामा जति नै तर्किन खोजे पनि हिलोले छ्यापे जस्तो पुरै शरिरमा हिलो छ्यापेर सस्ती बेहोर्नु परेको छ।यस्तो कठिनाई कहिले सम्म हुने हो?

           नयाँ बजारलाई पुरानो बजार नाम चेन्ज गरे कसो होला?खानेपानीको काकाकुल धन्न पुरानै पाटी पौवा,कुवा-धारा नजीक नजिकै रहेकोले सदुपयोग गर्न पाईएको छ।सबै कुरा पुरानै यथावत,पुरानै ढाचा,पुरानै पहिचान जोगाउने हो भने किन चाहियो संखुवासभा जिल्लालाई समृद्धि बिकास?किन चाहियो नयाँनयाँ निर्वचित जन-प्रतिनिधि?

           यदि संखुवासभा जन प्रतिनिधिहरुले कुनै आकाशको तारा,काचुली नै फेर्नु पर्छ,भन्ने छैन।कुनै साहित्यिक सब्द भन्डरमा नभएको शब्द बोल्नु पर्छ भन्ने छैन।मात्र साधारण कुरा चाहिएको छ,तपाईं जनताको सक्षम नेता बन्न चाहनु हुन्छ,भने केही गर्नै पर्दैन।मात्र किमाथांका नाका जोड्ने हाइये बाटो धुलाम्मे,हिलाम्मे मेटाई दिनुहोस्!जो जो नेता हुँ भनौदाहरु फेरि ८४ सालमा आर्को चुनाव होलान् त!हामी सचेत नागरिक हौ।टाढा भए पनि हामी  मुल्यांकन गरि रहेका छौ।त्यहीँ पुरानै शैली,पुरानै ढाचामा संखुवासभा चाल्दैन।देश चाल्दैन।केही कुराहरु चेन्ज हुने समय।केही परिबर्तन भएको हेर्न चहान्छौ। 

Post a Comment

0 Comments