नेपाल--सरकारले राजधानी उपत्यका तीन जिल्ला भक्तपुर,ललितपुर र काठमाडौमा एक हप्ता सम्मको लागि निषेधाज्ञा जारी गर्ने भनिएको छ।

विश्व मा पुनः नयाँ भेरियन्ट कोभड-१९,महामारी फैलिए संगै नेपालमा पनि विभिन्न स्थानमा जोखिम बढ्दै आईरहेको छ।अत्यन्तै जनसंख्या चाप राजधानी उपत्यका ईलाकामा तीन जिल्ला भक्तपुर,ललितपुर र काठमाडौमा मिति २०७८/०१/१६ गते बिहान ६:००बजे बाट मिति २०७८/०१/२२ गते राती १२:०० बजे सम्म निषेधाज्ञा जारी गरिनेछ,भनिएको छ।तीन जिल्ला अधिकारीहरुको संयुक्त बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गरिएको हो।
यिनै उपत्यका जिल्लाभर देह्य बमोजिम उल्लेख गरिएको छ।यश आदेशको पालना गर्न र गराउनु सबै ब्यक्ति/संघ संस्था/पेशाकर्मी/ब्यबसायी तथा आमनगरिकको कर्तब्य हुनेछ।साथै यस आदेश पालना नगरेमा शक्त कार्बाहिको भागेदार हुनेछ।भनी सबैलाई जानकारी गराईन्छ,भनिएको छ।
हर्कत गर्न नहुने हकमा-
१.सबै किसिमका सभा,सम्मेलन,गोष्टि,तालिम,सिनेमा हल,सेमिनार,पार्टी प्यालेस,सपिङ महल,स्विमिङ पुल,मनोरञ्जन स्थाल,सैलुन,ब्युटीपार्लर,जिमखाना,समुहमा खोलिने खेलकुद,संग्रहालय,पुस्तकालय,चिडियाखाना र ठुला भोजभतेर आदि सन्चालन गर्न नपाईने।
२.बिबाह ब्रतवन्धको हकमा बढिमा १५जनाको स्वास्थ्य प्रोटोकल पालना गर्ने गरि जिल्ला प्रशासन बाट अनुमती पत्र लिएर मात्रै गर्न पाउनेछ।
३.सर्बजनिक साथै निजि सवारी साधन सन्चालनमा मिति २०७८/०१/१६ गते बिहान ६:०० बजे बाट मिति २०७८/०१/22 गते राती १२:०० बजे सम्म उपत्यका ईलाकामा रोक गरिनेछ।
४.निजि सवारी साधन एबम एम्बुलेन्समा बिरामी कुरुवा २ जना भन्दा बढी लिएर लैजान नपाउने।
५.अनावश्यक निजि ढुवानी गाडी चलाउन नदिने।
गर्न हुने हकमा-
१.इमेर्जेन्सी बिरामिको एम्बुलेन्स,स्वस्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन गाडी मात्र सन्चालन गर्न सकिने छ।
२.अत्यावश्यक सेवाहरु जस्तैःएम्बुलेन्स,खानेपानी,खाद्यान्न,तरकारी,फलफूल,दुधजन्य पदार्थ साथै बैंक,बित्तीय सस्था,दुरसचार,ईन्टरनेट,कवारेन्टाईन,आईसोलेसनको लागि प्रयोग हुने सवारी तोकिएको समय र स्थान सम्म केही हर्कत गर्न पाउनेछ।
deliberate plan अनुसार नेपाल सरकारले गरिएको कोरोना भाइरस महामारी रोकथाम पालना गर्नु हामी सबैको कर्तब्य हो!हामी सबै एकापसमा बचाउ र देश बाच्नेछ!
0 Comments