Ticker

6/recent/ticker-posts

अरु बेला वास्तै छैन,खाई-पियाइ बेलामा मात्र एकजुट हुन्छन्।मेरा जोडाहरु।क्या गजब!

अरु बेला वास्तै छैन,खाई-पियाइ बेलामा मात्र एकजुट हुन्छन्।मेरा जोडाहरु।क्या गजब!

क्या.आउडर सिन्धुली बाट आईपुगियो र मोबाईल बनाउनु थियो।आफू संङ एक रुपैयाँ थिएन।भोलि पल्ट 16 गते फुलपाती थियो।मिल्ने जोडाहरु सङ्ग माग्छु।अवस्य दिन्छ,बोली खेर जादैन जस्तो लाग्यो र मागे फडिन्द्र जोडि मोबाइल बिगृयो बनाउनु पार्यो।म संग अहिले पैसा छैन।2000सम्म दिदै गर्नुन जोडि।यो महिनाको तलब आए पछि दिईहाल्छु,भने!छैन भने पछि एकैपटकमा आर्को चोटि माग्ने आश आएन।केही समय पछि स्याम चौधरी संग कुरा गरे।जोडि मेरो मोबाइलको डिस्प्ले गयो पैसाको समस्य भयो यो महिनाको तलब नआईन्जेल सम्म 1000/- सम्म भए नि दिदै गरन जोडि भन्ने बित्तिकै यो लैजाउ भनेर काट्टु छम्ने कुरा गर्‍यो।त्यहीँ नजिकै राम प्रकाश पौडेल पनि थियो।स्याम चौधरीले उ पौडेल संग सोध त उ संग छ,जा भन्यो।पौडेल खै,कहाँ छाड्के हान्यो थाहा भएन।
          आर्को जोडि आश लाग्दो मन कुमार मगर थियो।उ संग पहिला नै लेनदेन थियो र मुख खोल्न सकिन।आफ्नै जोडाले समस्या बुझेन।सरै चित्त दुखेसो लाग्यो।कहाँ बाट म बाट पनि जगृत भयो कि पख?त्यस पछि यिनिहरु संग खुल्दुली लाग्यो।भए नि नदिएको पो हो कि झै लाग्यो।पत्ता लगाउने जुक्ति गरे।नवमी यानेकी मार हान्ने दिन आफू बुबाको मृत्यु पछि एक वर्ष क्वाटर गार्ड नचाड्ने निधो गरे।पल्टनमा सस्कार,परम्परा पनि छ।नजिकको हकवाला बुबा,आमा,छोराछोरी,श्रीमान या श्रीमतीको शोक लागेको एक वर्ष सम्म कुनै पनि गार्डमा समेल हुन मिल्दैन।सैनिक ऎन कानुनमा उल्लेख नभए पनि आ-आफ्नै पल्टनको नीति छ,व्यवस्था हुन्छ।sop खडा गरिएको हुन्छ।झुठो भए निशान नजिकै जानै मिल्दैन।दैब शक्ति छ।
              बिहानै कोहि तलेजु मन्दिर र एक टोलि भित्रै सम्मान गार्ड।आईटनलाई डिउटी पुर्याउन गह्रौ।म एक गेट्मा पहिलो पालो 6वजे देखि 12:00बज्यो।आउने कुनै टुंगो छैन।तलेजु टोलि 10:10 मा इन भएको थियो।स्याम तलेजु टोलिमा हुनुहुन्थ्यो।स्यामको दोस्रो पालो थियो।बल्लतल्ल 12:45 मा लाईन पालेले धपाएछ,मलाई बद्ली भयो।स्याम 3:00बजे लाईनमा आएछ र जोडा-जोडा खाईपिई सल्लाह गरेछन।मन कुमार मगर र मेरो लाईन तल्लो लाईन थियो।तल्लो लाईनको एक जना भाईले तपाईहरुको जोडा जोडा खाईपिई छ कि क्या हो।माथी स्याम,फाडिन्द्र,राम प्रकाश गफ गर्दैथे सुनायो।त्यो गेडे माने खादैन,लाटो खादैन तेहि पनि हामिलाई फाईदा हुन्छ,भनेर सल्लाह गर्दै रहेछ्न।तेहि बेला म खाना खान त्यहीँ लाईनको बाटो हुँदै जानू पर्ने थियो।मन कुमार मगर खाने पानी लिन त्यहीँ बाटो गैइयो।अनि देखेछ।
राम प्रकाश:-हल्लो,कता हो?हल्दार सब!(मलाई ख्यास्यो)
शान्तिमान:-आफ्नै काममा हिड्या हो!
मन कुमार:-के हो खाईपी छ रे नि?
स्याम:-हजार हजार उठाउदै छौँ।हजार...हजार ले!
फाडिन्द्र:-आजको दिन खाउन यार जोडा हो?
             अनि नजिकै बासियो।मैले अस्तिको बिचर गर्नु थियो कि चेक,ए.टि.एम.कार्ड लागे नि पैसा छैन भन्दैथे।अब यिनिहरुले मलाई कत्तिको घात गर्या छ कि छैन।एकिन गर्नु थियो।जाड,रक्सि खाए पछि भित्रि कुरा निस्किन्छ।शाक्ती हुन्छ,भनेर सुनेको पनि थे!मन कुमार जोडालाई पनि आउदा बाटोमा अस्ति यिनिहरु संग हजार सम्म मागेको थे।दिदै दिएन।परिक्षण गरौं है भनेर सल्लाह गरि सकेका थियौं।
राम प्रकाश:-लु लु हजार...हजार ल्याउनु!
स्याम:-ल मेरो हजार!खाईपिई दरो गर्नु पर्छ।मदरचुत!
फाडिन्द्र:-यहि मौका साथी हो,अरु बेला मार्छन।यो बेलामा खयो भने केही गर्दैन।
           अनि मैले भने ए जोडा हो?यतिले कहाँ पुग्छ?२/२ हजार उठाउ?भन्दिए!त्यसैमा मन कुमार के को २/२ हजार ३/३हजार उठाउ भने पछि।
स्याम:-मदरचुत ल मेरो दुई हजार भयो!
फाडिन्द्र:-हामी संग छैन जस्तो लाग्यो।ल पाँच हजार यहीँ छ।भुईमा पछार्यो।
राम प्रकाश:-होइन साथी हो खाने भए हजार...हजारले जति पनि पुग्छ।नपुगे फेरि पैसा उठाउ-खाउ!हामी संग नि छ त यो चाहिँ के हो खोस्ट हो भनेर तीन हजार देखायो।
          अनि मैले भने ए जोडा हो बल्ल थाहा पाए।हिजो, अस्ति,अहिले सम्म मलाई पैसाको खाचो थियो।अझै पनि छ।तिमिहरु जोडा हौ,मिल्ने साथी हौ!समस्य समाधान हामी बीच नै हुन्छ सम्झेको थिए।तर तिमिहरु चप्पल जस्तो साथी रहेछौ।
              हो,चप्पलले खुट्टालाई सेभ त गर्छ तर पछाडीबाट पट्याक..पट्याक हिलो,धुलो छेपी दिन्छ।१/२ हजार सम्म पनि सापटी दिएनौ है!हो,साथी भनेको ऎना र छाया जस्तो हुनु पर्छ।ऎना जस्तै परदर्शी हुनु पर्छ।छाँया जस्तो हुनु पर्छ,छायाले कहिल्यै साथ छाड्दैनन् ।तिमीहरु धोखेबाज रहेछौं।छैन भन्ने उल्टै उ जति देखाउने?कोहि नबोली भाग्ने?अहिले आएर जाड,रक्सी खाने निधोमा चाहिँ कहाँ बाट पैसा आयो?भने पछि सबै नचाल पोजिसन जस्तै झस्किए।म भान्सा तिर गए।हो,पक्कै पनि साचो लुक्दैन,झुटो टिक्दैन भनेको यहि हो!मेरो जोडाहरु अरु बेला नो मतलब वास्तै हुन्न।तर जाड,रक्सीको साथमा खाईपिई भएको बेला मात्र मिल्छन।एकजुट हुन्छन।खाएको तालमा ज्यान दिन्छन।छोड्दै जान्छ,छेर्दै जान्छन,बिर्सिदै जान्छन।यस्तै हो धराने या चौबीसै टोलिको Reconciliation.


Post a Comment

0 Comments