पल्लो घर एमाले!
वल्लो घर काङ्ग्रेस!
माथिल्लो घर राप्रपा!
तल्लो घर माओवादी!
जति पार्टी उति नै घरबेटी,
जस्ले खुवाउने उतै मारिमेटी!
न त गाउमा बिजुली छ!
न त गाउमा खानेपानी नै छ!
न त गाउँमा कृषि बाटो नै छ!
मात्र मेरो गाउँ अनेकौं पार्टीको धानी छ!
कहिल्यै पाईला नटेक्ने आगनमा,
पार्टीको लस्कर आउछन् रे!
नबोली हिड्ने बाटोमा,
खुट्टा ढोग्दै आउछन रे!
हेरौं!
मेरो गाउँको घरनेता,
सुनाैँ!
मेरो गाउँको लुङ्गी नेता,
बुझौं!
मेरा गल्लीका गल्ली नेता!
0 Comments