Ticker

6/recent/ticker-posts

फालेको कुचेका प्लास्टिक,टिन,बोतल,फलाम आयो..आयो भन्दै रिक्सा-साइकल डोर्‍याउदै ४० बर्ष यिनै पेशामा आबद्व एक ६५ बर्षिय बृद्वको कथा कहानी

फालेको कुचेका प्लास्टिक,टिन,बोतल,फलाम आयो..आयो भन्दै रिक्सा-साइकल डोर्‍याउदै ४० बर्ष यिनै पेशामा आबद्व एक ६५ बर्षिय बृद्वको कथा कहानी 


काठमाडौ - हामी डराउछौ,लजाउछौ अनि अल्छी गर्छौ।त्यसकारण पनि हो हामी पर्दा पछाडी छौ।बृद्व आमा,बुबालाई रुवाउदै बिहान-बेलुका मीठो परिकार खोज्ने,स्वास्नी अरु कहाँ बोनिबुटो गरेर जम्मा गरेका एक/दुई पैसा थर्काई हात परेर लोग्ने भाट्टी पसलमा गएर एक गिलास लोकल ठाररा साहुनिलाई मागी,अझै आखा झिम्काई स्वाट्टा खाएर लागेको नशा संगै अरु सुनिदिने गफै गफमा भुलाउने साथीहरु संग सुन्नै नसकिने ठुला गफ गरेर ठुलै हु भन्ठान्दै समय बिताई रहेका हुन्छौं।

           पल्लो घरको यस्ता-उस्तो अरे!तल्लो घरको तेसो रे उसो रे,माथिल्लो घरको उस्तै भन्दै आफ्नै आफन्त या छेमेकीको प्रगति उन्नतिको खिल्ली उढाउछौ।एकाअर्काको खुट्टा हान्ने चलान हाम्रो समाज,हाम्रो देश पुरै संसारमा रहदै आईरहेको छ।फलानोको छोराछोरी जागीरे भयो रे ओहो मेरो पनि तेस्तै बनाउछु!भन्दै कम्पिटिसन गर्नु त राम्रो पक्ष हो।

        उदेश्य ठूलो लिनु पर्छ तर व्यबहार सानो बाट सुरुवात गर्नु पर्छ।भनिन्छ,

हिडि हिड्ने छेउ लाग्छ रे!

एकै ठाउ बसे लेउ लाग्छ रे!

वास्तविक कथा कहानी बिरगंज सिमाना साईड घर हुने देबगल यादव नाम गरेको ६५ बर्सिय एक बृद्व


प्लास्टिक,कागज,टिन,बोतल,फलाम भन्दै रिक्सा-साइकल डोर्‍याउदै भक्तपुर जिल्लाको कमलबिनायक धुलै धुलो सडक पेटिमा चिसो मिनिवाटर खाई सकि एक खाली फोहर मलाई पेटिकामा फल्दै गर्दा उहाँले सजिलै देख्नु भो!र टपक्क टिपेर आफ्नो बोरामा प्याक गर्नु भयो।

त्यहीँ बेला म उहाँलाई सोध्न पुगे-

याम्फु-बाजे दिनमा कति कमाई हुन्छ?

यादव -अलि अलि हुन्छ,बाबू!

याम्फु-अलि अलि भन्नले?

यादब-दिनको कहिलेकाही तीन सय/चार सय काहीं हजार सम्म हुन्छ।

याम्फु-हजुरले यो काम गरेको कति बर्ष भयो?

यादव-४०बर्ष।

याम्फु-कहाँ बस्नु हुन्छ?

यादब-आफ्नै घर थापाथली।

याम्फु-छोराछोरी के गर्छन् ?

यादब-जेठा नेपाल आर्मी हो।कान्छी छोरी १२ मा पढ्दै छिन।

हेर्नुस् त ४०बर्ष सम्म फोहर डाङ्गुर खाल्डाखुल्डीहरुमा संकलन गर्दै यिनै ब्यबसाय गरेर थापाथली केही भित्र ६ आना जमिनमा एक फ्लाईटको घर बनाई सक्नु भएको रहेछ।तराई बिरगंज आफ्नै गृह जिल्ला आफ्नै गाउँमा दुई बिघा जमिन सम्म किनिसक्नु भएको रहेछ।

        उद्योग फ्याक्टरिमा एक बोतल/एक मिनिवाटर बोतलको एक रुपैयाँको दरले प्राप्त गर्नु हुदो रहेछ,भने एउटा कागज काटुनको दुई रुपैयाँ त्यसै गरि प्लास्टिक,फलाम १/२ रुपैयाँ जम्मा गरेर करोडौंको मालिक भएर पनि यसरी सोही ब्यबसाय लाई निरन्तर दिई राख्नु भएको छ।यति धन सम्पत्ति कमाएर पनि किन छाड्नु हुन्न?प्रश्न गर्दा फेरि उहाँकै शब्दमा ए,बाबु यहीँ प्लाष्टिक,कागज,फलाम,टिन भन्दै! बटुल्दै!घरको पेटिमा सुतेर यहीँ पेशाले काठमाडौमा एउटा सानो घर बनाई आनन्द सुस्केर हाली विगतलाई सम्झेर आफ्नै घरमा बस्छु।आनन्द लिईरहेको छु।

        यहीँ कामले यहाँ सम्म पुर्याउनु भयो।यहीँ काम प्यारो लाग्छ,अनि मैले किन छाड्ने?यसैमा खुशी छु भन्नू हुन्छ।छोराछोरीले अब दुख नगर्नु भन्दै छन् तै पनि सास रहे सम्म गरि रहने छु।यहीँ कुरा सुन्दा मलाई कता-कता जोश र जागर साथ म पनि केही गर्छु भन्ने मन पलायो।तर एउटा ईटा त्यहीँ ईटालाई आज पनि भोलि,पर्सि पनि भावी सन्ततिले सम्म दायाँबायाँ फर्काएर समय बिताउने पेशामा छु।बुढेसकालमा अब के गरौं।तर पनि अझै केही गर्छु,भन्ने आशामा छु।त्यसकारण यिनै शिक्षा हामी सबैले मनन गरौं धन्यवाद।

Visit us:https://youtube.com/c/YamjuliCulture

Post a Comment

0 Comments